दैलेख : रसुवा जिल्ला लगायका जिल्लामा आएको महाबिपद्बाट भएको धनजनको क्षतिपछि सरकारले संकलन गरेको राहत कोषमा दैलेखको गैर सरकारी संस्था एभरेष्ट क्लवले २ लाख ७० हजार रकम जम्मा गरेको छ ।
संस्थामा कार्यरत कर्मचारीको २ दिनको तलव, बोर्ड सदस्यबाट रकम उठाएर २ लाख ७० हजार ७ सय २९ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।
विपदका बेलामा गैरसरकारी संस्थाले पनि मानविय सेवामा सहयोग गर्ने उदेश्यले रकम जम्मा गरेको एभरेष्ट क्लव दैलेखका अध्यक्ष लक्ष्मण श्रेष्ठ राजुले जानकारी दिएका छन् ।
यश अघि जाजरकोटमा आएको भुकम्प लगायत विभिन्न बिपद्का बेलामा पनि संस्थाले, नगद सहित अन्य राहत सामग्री हरु बितरण गर्दै आएको श्रेष्ठले बताए ।












